नेपालले सात महिनामा निर्यात गर्यो पौने ३ अर्बको चियापत्ती र कफी काठमाडौं, १९ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा नेपालले विभिन्न देशमा २अर्ब ७४करोड ३५लाख ८२हजार रुपैयाँको चियापत्ती र कफी निर्यात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले १करोड २५लाख ८६हजार २०२केजी चियापत्ती र कफी निर्यात गरेको छ। पछिल्लो सात महिनामा नेपालले ३करोड ३०लाख ४५हजार रुपैयाँको कफी र २अर्ब ७१करोड ५लाख ३७हजार रुपैयाँको चियापत्ती निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्