गठबन्धन भत्काउने धराप नथाप्न गगन थापाको चेतावनी, भने– राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने भ्रममा नपर्नोस् काठमाडौं, १९ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। शुक्रवार गठबन्धन दलहरुले राष्ट्रपति निर्वाचनको सन्दर्भमा काठमाडौंमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु बीचमा भएको सहमति पाँचै वर्ष लागू हुने जनाए। राष्ट्रपतिको निर्वाचनपछि गठबन्धन भत्किने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भनेर भ्रम फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्