आठ दलीय गठबन्धनको बैठक बस्दै, राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुनेबारे छलफल हुने
काठमाडौं, २१ फागुन। पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज ८ दलीय गठबन्धनको बैठक बस्दैछ। बैठक अपरान्ह ४बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जनाइएको छ। बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका शीर्ष नेता सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस्