सात महिनामा भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब नाघ्यो काठमाडौं, २१ फागुन। पछिल्लो सात महिनामा भारतसँग नेपालको व्यापार घाटा ५ खर्ब ४अर्ब ७४करोड ३१लाख ३०हजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा नेपालले सो व्यापार घाट व्यहोरेको हो। भन्सार विभागका अनुसार उक्त अवधिमा भारतबाट नेपालमा ५खर्ब ७०अर्ब ९६करोड ९७लाख २हजार रुपैयाँको वस्तु आएको छ भने नेपालबाट भारतमा मात्र ६६अर्ब २२करोड ६५लाख ७२हजार रुपैयाँको गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्