बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछः डा. बाबुराम भट्टराई
काठमाडौं, २१ फागुन। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीलाई जिस्क्यान खोजिएको बताएका छन्। आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले तीन वर्ष अघिको पुष्पकमल दाहालको सामान्य कुरालाई लिएर अहिले गिरफ्तार गर्ने मुद्दा लगाउ भनेर माओवादी आन्दोलनलाई जिस्क्याइएको जनाए।पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप उनले लगाए।
प्रतिक्रिया दिनुहोस्