आफूमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दी रहेको प्रधानमन्त्री दाहालको स्पष्टोक्ति काठमाडौं, २१ फागुन। प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन्। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरु पनि विभिन्न घेराबन्दीकाविरुद्ध लडिरहेको आफूले देखेको दाबी गरे। ‘पहिलेजस्तो छैन घटनाक्रमहरु। सबै आ–आफ्नै ढंगले हामी लडिराखेकै छौं,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्