बैंकको ब्याजदर बढी भएको भन्दै व्यापारीहरु सडक उत्रेपछि प्रधानमन्त्रीले थाले गभर्नर र निजी क्षेत्रसँग छलफल
काठमाडौं, २१ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन्। आइतबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर,अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग उनले छलफल गरेका हुन्। बैंकको ब्याजदर बढी भएको भन्दै व्यापारीहरु सडक उत्रेपछि प्रधानमन्त्रीले छलफल सुरु गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्