अमेरिकासँग टकराव बढेपछि चीनले आफ्नो रक्षा बजेट ७.२ प्रतिशतले बढायो बेइजिङ, २१ फागुन। अमेरिकासँग टकराव बढेपछि चीनले वर्ष २०२३ मा आफ्नो रक्षा बजेट ७.२प्रतिशतले बढाएको छ। आइतबार बिहान सार्वजनिक गरिएको मस्यौदा बजेट प्रतिवेदनमा चीनले २०२३ को लागि आफ्नो वार्षिक सैन्य बजेट ७.२प्रतिशत वृद्धि गरी २२४बिलियन डलर पु¥याएको हो। विश्वमा सैन्य प्रयोजनको सबैभन्दा ठूलो बजेट छुट्याउनेमा चीन अमेरिकापछि दोस्रो नम्बरमा पर्छ। अमेरिकाले सन्२०२३ को लागि रक्षा बजेट ८१६बिलियन डलर छुट्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्