प्रचण्डलाई मुद्दा लाग्दा माओवादी पार्टी नबोलेकोमा विप्लब असन्तुष्ट, भने– माओवादीमा मान्छे छैनन् कि के हो ?
काठमाडौं, २१ फागुन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ले प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डविरुद्ध मुद्दा दर्ता हुँदा उनकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको जनाए। ‘उहाँको पार्टी कता गयो। मान्छे छैनन् कि के हो ?,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्