अलैँची निर्यात झण्डै दुगुनाले बढ्यो, सात महिनामा नेपालले निर्यात गर्यो पौने पाँच अर्बको अलैँची काठमाडौं, २१ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना(साउन–माघ)मा नेपालले ४ अर्ब ८७ करोड ८३ लाख ५५ हजार रुपैयाँको अलैँची भारतमा निर्यात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले ६० लाख ७३ हजार ६३४ केजी अलैँची निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले २अर्ब ६२करोड ९६लाख रुपैयाँको २९लाख ६६हजार ४२३केजी अलैँची निर्यात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्