प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए सरकारको काम र उपलब्धि सम्बन्धित वार्षिक प्रतिवेदन
काठमाडौं, २१ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७८/७९ मा सरकारले गरेका र प्राप्त उपलब्धिसहितको वार्षिक पतिवेदन पेश गरेका छन्। प्रधानमन्त्री दाहालले शितलमा राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाएका हुन्। नेपालको संविधानको धारा ५३ बमोजिम राज्जयका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन ऐन, २०६४ को दफा ४१ अनुसार राष्ट्रपतिलाई प्रतिवेदन बुझाइएको हो।
प्रतिक्रिया दिनुहोस्