सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत
काठमाडौं, २१ फागुन। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत पाएका छन्। आज सुदूरपश्चिम प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावामा उनले दुई तिहाईभन्दा बढी सांसदको मत पाएका हुन्।मतदानमा शाहको पक्षमा ४१ र विपक्षमा ११मत परेको थियो। एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस्