नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा झर्यो
काठमाडौं, २१ फागुन। साताको पहिलो कारोबारको दिन आइतबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंकले घटेको छ। आइतबार कारोबारमा भएका २५९कम्पनीको ३८लाख ३२हजार कित्ता शेयर १अर्ब ३९करोड २३लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
प्रतिक्रिया दिनुहोस्