जनयुद्धका कारण राजतन्त्रको अन्त्य नभएको एमाले अध्यक्ष ओलीको दावी, भने– संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ?
काठमाडौं, २१ फागुन। नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दावी गरेका छन्। आइतबार राजधानीमा आयोजि एक कार्यक्रममा उनले २०६५सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३सालमै अन्त्य भएकाले उनीहरुकै कारण राजतन्त्र अन्त्य भएको भन्न नमिल्ने बताए। ‘२०६५सालमा राजतन्त्र संविधान सभाले हटायो, जनयुद्धले त हटाएन होला? संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र,’उनले भने।
प्रतिक्रिया दिनुहोस्