भक्तपुरमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु, नसर्ने रोगको नि:शुल्क परीक्षण हुने
भक्तपुरमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु, नसर्ने रोगको नि:शुल्क परीक्षण हुने
भक्तपुर, २१ फागुन। बागमती प्रदेश सरकार मातहत संचालित भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम शुरु भएको छ। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि निशुल्क परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा शुरु भएको हो।आइतवार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले भक्तपुर अस्पतालमा नसर्ने रोग पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको उद्घाटन गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्