होलीको अवसरमा राष्ट्रपति भण्डारीको सन्देश– आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गरोस् काठमाडौं, २२ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली)ले समाजमा विद्यमान विकृति, विसङ्गति र कुरीतिहरुलाई निमूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन्। होलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा फागुपूर्णिमामा खेलिने रङ्गहरुजस्तै विविधतापूर्ण रहेको जनाएकी छन्। ‘यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो,’राष्ट्रपति भण्डारीले भनेकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्