आज फागु पूर्णिमा, पहाडी र हिमाली भेगमा हर्षोल्लासपूर्वक रङ्गको पर्व मनाईँदै काठमाडौं, २२ फागुन। आज रङ्गहरुको पर्व फागु पूर्णिमा(होली) देशका पहाडी र हिमाली भेगमा हर्षोल्लासपूर्वक मनाईँदै छ। हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी/हिमाली जिल्लामा र मधेशका जिल्लाहरूमा होली मनाउने गरिन्छ। असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली मनाइन्छ। होलीमाा सम्पूर्ण रिसराग त्यागी आत्मियताका साथ आफन्तजन/साथीसङ्गीहरूसँग एक–आपसमा अबिर तथा रङ्ग दलेर रमाइलो गर्ने परम्परा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्