होलीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछः प्रधानमन्त्री दाहाल
काठमाडौं, २२ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्ने बताएका छन्। आज होलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बिच होली उत्तिकै लोकप्रिय रहेको जनाएका छन्। यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्ने उनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्