बंगलादेशको रोहिंग्या क्याम्पमा आगलागी, दुई हजारभन्दा बढी शेल्टर जले
ढाका, २२ फागुन। बंगलोशको दक्षिण पूर्वमा रहेको रोहिंग्या शरणार्थीको क्याम्पमा आगलागी भएको छ। आगलागीमा दुई हजारभन्दा बढी शेल्टर जलेका छन्। आगलागीका कारण १२ हजार रोहिंग्या शरणार्थी घरबार विहिन भएका छन्। आगलागीमा हालसम्म कोही हताहत नभएको बताइएको छ। म्याबारबाट भागेका करिव १० लाख रोहिंग्य शरणार्थी बंगलादेशमा रहेका छन्। गतवर्ष पनि शरणार्थीमा क्याम्पमा आगलागी हुँदा ६ सय घर जलेका थिए। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्