बाबुराम भट्टराईको स्पष्टोक्ति – प्रचण्डविरुद्ध मुद्दा हाल्न मिल्छ, तर नियमित अदालतले होइन टीआरसीले हेर्नुपर्छ
काठमाडौं, २२ फागुन। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’माथि लगाइने मुद्दा नियमित अदालतले हेर्न नमिल्ने बताएका छन्। उनले आज ट्वीटरमा लेखेका छन्,‘बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन!मज्जाले पाइन्छ!म आफै प्रम छँदा थुप्रै मु्द्दा खेपेको छु,अदालतमा हाजीर भएको छु!तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टीआरसीले हेर्ने हो,नियमित अदालतले हैन!प्रम प्रचण्डको हकमा पनि त्यही हो!आवेग हैन विवेकले काम गरौं!’
प्रतिक्रिया दिनुहोस्