तीन महिनामा १५ वटा विदेशी चलचित्र तथा डकुमेन्ट्रीले पाए नेपालमा छायाङ्कन गर्न अनुमति
काठमाडौं, २२ फागुन। पछिल्लो तीन महिनामा १५वटा विदेशी चलचित्र तथा डकुमेन्ट्रीले नेपालमा छायाङ्कनको लाागि अनुमति पाएका छन्। ती चलचित्र तथा डकुमेन्ट्रीलाई कात्तिक, मंसिर र पुस महिनामा अनुमति दिइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। विदेशी चलचित्रलाई अनुमति दिँदा २करोड २५लाख रुपैयाँ राजस्व उठेको छ। मन्त्रालयका अनसुार कात्तिकमा ११,मंसिरमा १ र पुसमा ३वटा विदेशी फिल्मले छायाङ्कनको लागि अनुमति पाएका थिए।
प्रतिक्रिया दिनुहोस्