आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ः नेपालले यूएईमाथि ४२ रनको जित निकाल्यो
काठमाडौं, २२ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज यूएईमाथि ४२ रनको जित निकालेको छ।यूएईमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २३०रनको लक्ष्य दिएको थियो।जवाफमा ब्याटिङ गर्न आएको यूएईले ४५ओभरमा सबै विकेट गुमाउँदै १८७रन जोडेको थियो।खेलमा नेपालका सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले ३÷३विकेट लिएका थिए।जीतसँगै नेपाल टेबलमा एक स्थान माथि उक्लदै ३२अंकका साथ पाँचौं नम्बरमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्