सर्वोच्चको आदेशले अत्तालिएका माओवादी नेताहरुको बालुटारमा भेला
काठमाडौं, २३ फागुन। माओवादी आन्दोलनसँग जोडिएका (पूर्व माओवादी) राजनीतिक दलहरुको नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ।बैठमा प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल,नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई,नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपा बहुमतका नेता धमेन्द्र बास्तोलालगायतका नेताहरु सहभागी छन्।सर्वोच्च अदालतले दाहाललाइ सार्वजनिक कार्यक्रममा बोलेको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न आदेश दिएसँगै पूर्वमाओवादी नेताहरुको बैठक बसेको हो।
प्रतिक्रिया दिनुहोस्