मिथिलामा आज पञ्चकोशी परिक्रमा समापन हुँदै, भक्तजनको भीड काठमाडौं, २३ फागुन। मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्। पञ्चकोशी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ। अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। सोहीअनुसार अन्तरगृह परिक्रमामा लाखौं भक्तजनले सहभागिता जनाउने गर्दछन्। अन्तरगृह परिक्रमामा लाखौं संख्यामा साधुसन्त, स्थानीयवासी तथा श्रद्धालुहरूको सहभागिता रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्