प्रधानमन्त्री दाहालले सरकारसँग माग गरे– शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने कार्य तत्काल सुरु गर
काठमाडौं, २३ फागुन। माओवादी आन्दोलनसँग सम्बन्धित पार्टीका नेताहरुको बैठकले शान्ति पक्रियाका बाँकी काम टुंगो लगाउने कार्य तत्काल सुरु गर्न सरकारसँग माग गरेको छ।बैठकपछि प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल,बाबुराम भट्टराई,सीपी गजुरेल,खड्कबहादुर विश्वकर्मा,धमेन्द्र बास्तोला,विश्वभक्त दुलाल,कर्णजित बुढाथोकी र नारायणप्रसाद धिमालले मंगलबार प्रधानमन्त्री निवासबाट संयुक्त विज्ञप्ति जारी गरि उक्त माग गरेका हुन्।शान्ति सम्झौताविरुद्ध हुने गतिविधिहरुको प्रतिवाद गर्न एकमत रहेको उनीहरुले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्