कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै कठिनाइ छः सभामुख घिमिरे
काठमाडौं, २३ फागुन। सभामुख देवराज घिमिरेले कानूनी व्यवस्थाअनुसार महिलालाई मुख्य पदमा लैजान अझै व्यवहारिक कठिनाइ रहेको बताएका छन्। मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३३प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आज ठूलो संख्यामा महिला प्रतिनिधिहरु नियम कानून बनाउने तहसम्म प्रतिनिधित्व गरिरहेको जनाए।सभामुख घिमिरेले अझै आवश्यक मात्रामा मुख्य पदहरुमा ३३प्रतिशतको महिलाको संख्या र गुण पुर्याउने नसकेको बताए।
प्रतिक्रिया दिनुहोस्