अष्ट्रेलियाको जंगलमा फेरी लाग्यो आगो, हिटवेबको बढ्यो खतरा सिड्नी, २३ फागुन। अष्ट्रेलियाको जंगलमा फेरी आगो लागेको छ। अष्ट्रेलियाको दमकल विभागले पूर्व तटसँग जोडिएको जंगलको दर्जनभन्दा बढी स्थानमा आगलागी भएको र हिटवेब खतरा बढेको जनाएको छ। सिड्नीबाट २५० किलोमीटर उत्तर–पश्चिममा लागेको आगोका कारण पछिल्लो दुई वर्षमा पहिलो पटक ‘इमरजेन्सी फायर वार्निङ्ग’ जारी गरिएको छ।यसअघि सन् २०१९जंगलमा लागेको आगोमा परी ३ अर्बभन्दा बढी जनावर र चराहरु अष्ट्रेलियामा मरेका थिए। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्