द्वन्द्वकालको विषयलाई लिएर प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं, २३ फागुन। प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। ज्ञानेन्द्र राज आरणलगायतले प्रधानमन्त्री दाहालविरुद्ध रिट दायर गरेका हुन्। केही वर्षअघि भाषण गर्ने क्रममा दाहालले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। उनको सोही अभिव्यक्तिलाई लिएर छानविन र अभियोजनको माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको हो।रिटको पेसी बिहीबारलाई तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्