क्यानडाको निर्वाचनमा चीनले हस्तक्षेप गरेको आरोप, छानबिन गर्ने प्रधानमन्त्री ट्रूडोको घोषणा ओटावा, २३ फागुन। चीनमाथि क्यानडामा भएको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लागेको छ। क्यानडाको विपक्षी पार्टीले उक्त आरोपको छानबिन गर्न माग गरेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले स्वतन्त्र छानबिन गर्ने घोषणा गरेका छन्। छानबिनकर्ताले सन् २०१९ र २०२१ को आम निर्वाचनसँग जोडिएका गोप्य रिपोर्टको अध्ययन गर्ने जनाइएको छ। चीनले भने उक्त आरोप अस्वीकार गर्दै निराधार बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्