पछिल्लो सात महिनामा साढे ५ अर्बको ‘मेकअप’ सामाग्री नेपाल भित्रियो काठमाडौं, २३ फागुन। चालु आर्थिक वर्ष २०७९/८०को साता महिना(साउन–माघ)मा साढे ५ अर्ब रुपैयाँको मेकअप सामाग्री नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार सो अवधिमा ४०करोड ३२लााख रुपैयाँको फेसक्रिम, ३०करोड ४४लाख रुपैयाँको बडि लोसन, २३करोड ४३लाख रुपैयाँको लिपिस्टिक, १०करोड ७६लाख रुपैयाँको आँखामा लगाउने सामाग्री, ३८करोड २६लाख रुपैयाँको कपालमा लगाउने तेल, ४०करोड ३४लाख रुपैयाँको हेयर कलरलगायतका सामाग्री नेपालले विभिन्न देशबाट आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्