प्रधानमन्त्री दाहालविरुद्धका रिट निवेदकको प्रश्नः पाँच हजार मार्नेले देशको प्रधानमन्त्री बन्न मिल्छ? काठमाडौं, २३ फागुन। प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने २६जनाले दाहाल अब प्रधानमन्त्री बनिरहन नमिल्ने बताएका छन्।‘पाँच हजार मान्छे मार्ने मान्छे देशको प्रधानमन्त्री भएर बस्न मिल्छ?,’रिट निवेदकमध्ये एक कल्याण बुढाथोकीले भने। मंगलबार दाहालविरुद्ध सर्वोच्च अदालतमा २६जनाले दुई वटा मुद्दा दर्ता गरेको उनले बताए। दाहालले २०७६ सालमा द्वन्द्वकालमा मारिएकामध्ये ५ हजारको जिम्मेवारी लिने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्