सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित छैनन्ः प्रा.डा. वाग्ले
काठमाडौं, २३ फागुन। अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रोफेसर प्रा.डा.अच्युत वाग्लेले सरकारका वाणिज्य नीतिहरु तथ्य तथ्याङ्कमा आधारित नभएको बताएका छन्। मंगलवार काठमाडौं विश्वविद्यालय र विश्व व्यापार संगठनले आयोजना गरेका अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपालमा उत्पादन भएका वस्तुहरुको विदेशमा निर्यात बढाउन वाणिज्य नीति तथ्य तथ्याङ्कमा आधारित भएर बनाउन आवश्यक रहेको जनाए। नेपालको व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ४५प्रतिशत पुग्न लागेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्