केही डलरको खेती गर्ने मान्छेहरुले शान्ति प्रक्रियालाई गिजोल्न खोजेः डा. बाबुराम भट्टराई काठमाडौं, २३ फागुन। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि अदालतमा मुद्दा हाल्ने काम मुलुकलाई फेरी द्वन्द्वमा लैजाने गम्भिर षडयन्त्र अन्तरगत भएको दाबी गरेका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्ने कामलाई अदालती प्रक्रियामा लगेर डलरको खेती गर्नेहरुको शान्ति प्रक्रियालाई गिजोल्न खोजेको आरोप लगाए।उनले यसविरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्