महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्छः राष्ट्रिय सभा उपाध्यक्ष अर्याल
काठमाडौं, २३ फागुन। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५०प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह, प्रदेश सभा र संघीय संसद सबै ठाउँमा ५०प्रतिशत उम्मेदवार पुरुष र ५०प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताइन्।नेपालमा पुरुषको भन्दा महिलाहरुको जनसंख्या बढी रहेको उल्लेख गर्दै उनले महिलाहरु ३३प्रतिशत प्रतिनिधित्वमा मात्रै सिमित हुनु नहुने जनाइन्।
प्रतिक्रिया दिनुहोस्