प्रधानमन्त्री दाहाल विरुद्ध सर्वोच्चमा रिट दायर भएपछि कांग्रेसले भन्यो– संक्रमणकालीन मुद्दाको सम्बोधन संक्रमणकालीन न्यायकै प्रवन्धबाट गर्नुपर्छ
काठमाडौं, २३ फागुन। नेपाली कांग्रेसले संक्रमणकालीन न्यायको मुद्दा संक्रमणकालीन न्यायकै प्रवन्धबाट सम्बोधन हुनुपर्ने बताएको छ।प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालमाथि सर्वोच्चमा रिट परेपछि मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने,‘नियमित अदालतबाट त फौजदारी न्यायको सामान्य प्रक्रिया हुन्छ। संसारभरको अभ्यास भनेको संक्रमणकालीन न्यायकै प्रवन्धबाट गर्नुपर्छ।’यसको लागि ऐन परिमार्जन गरी विधेयकका रुपमा तत्काल संसदमा लैजानुपर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस्