मुस्ताङमा बौद्ध कलेज खोल्न सरकारले अनुमति दिएको छैनः प्रधानमन्त्री दाहाल
काठमाडौं, २३ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध कलेज खोल्न सरकारले स्विकृति नदिएको बताएका छन्। मुस्ताङमा भारतलाई बौद्ध कलेज खोल्न दिने सरकारले तयारी गरिरहेको भन्ने समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री दाहालले यसबारे स्पष्ट पारेका हुन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘त्यहाँ स्थानीय तहबाट कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भएको रहेछ। तर नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन।’
प्रतिक्रिया दिनुहोस्