राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने
काठमाडौं, २४ फागुन। आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समिति बैठक बस्दैछ। बैठक आज दिउँसो पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ। बैठकमा बिहीवार हुने राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ। साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि छलफल हुने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्