नर्ड स्ट्रिम ग्याँस पाइपलाईनमा विस्फोट युक्रेन समर्थक समूहबाट
वाशिङ्टन, २४ फागुन। अमेरिकी गुप्तचरले गत सेप्टेम्बरमा नर्ड स्ट्रिम ग्याँस पाइपलाईनमा युक्रेन समर्थक समूहले आक्रमण गरेको तथ्य बाहिर ल्याइएको छ। रिपोर्टमा पाइपलाइन बम विस्फोटमा उक्त समूहसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की, अन्य युक्रेनी सरकारी अधिकारीहरुको मिलेमतो थियो वा थिएन भन्ने कुनै प्रमाण नभेटिएको उल्लेख छ।रुस र जर्मनी जोड्ने पाइपलाइनमा विस्फोट गत सेप्टेम्बर २६मा स्विडेन र डेनमार्कको विशेष आर्थिक क्षेत्रमा भएको थियो।
प्रतिक्रिया दिनुहोस्