महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न हाम्रा प्रयासहरू घनिभूत हुन जरूरी छः प्रधानमन्त्री दाहाल काठमाडौं, २४ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न हाम्रा प्रयासहरू घनिभूत हुन जरूरी रहेको बताएका छन्। नारी दिवसका दिन मंगलबार उनले एक शुभकामना सन्देश जारी गर्दै महिलाविरूद्धको संरचनागत हिंसाको अन्त्य गर्दै उत्पादनका साधन र प्रक्रियामाथि महिलाको स्वामित्व कायम गर्नुपर्ने जनाएका छन्।‘महिलाहरूको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध महत्वपूर्ण हुन्छ,’ उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्