पछिल्लो सात महिनामा नेपालले आयात गर्यो एक अर्ब २६ करोडभन्दा बढीको धोती र सारी
काठमाडौं, २४ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा नेपालले विभिन्न देशबाट १ अर्ब २६करोड ६९लाख ३हजार रुपैयाँको सारी र धोती आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त मुल्यमा ३१ लाख ८४लाख ५४१थान सारी र धोती नेपाल भित्रिएको छ। भारत, इन्डोनेसिया, जापान, चीन, थाइल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, मलेसिया, पोर्चुगल, बेलायत लगायतका देशबाट नेपालमा सारी र धोती आउने गरेको छ।
प्रतिक्रिया दिनुहोस्