राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय
राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय
काठमाडौं, २४ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ। राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले कुनैपनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो। बैठकमा राष्ट्रपति निर्वाचनमा भोट हाल्न नहुने मत बलियो भएपछि यो निर्णय आएको हो। राप्रपाले राजसंस्था पुन:स्थापनाको माग गर्दै आएको छ। राष्ट्रपति चयनकालागि बिहीबार बिहान १० देखि ३ बजेसम्म मतदान हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्