प्रधानमन्त्रीविरुद्धको रिटको आज सर्वोच्च अदालतमा सुनुवाई हुँदै काठमाडौं, २५ फागुन। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिटको आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ। २६ जना द्वन्द्वपीडितहरूको दुई समूहले दायर गरेको रिटमा आज पहिलो चरणको सुनुवाई गर्न लागिएको हो। तीन वर्षअघि १०वर्ष माओवादी सशस्त्र द्वन्द्वकालमा भएका १७ हजार मानिसको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने दाहालले दिएको अभिव्क्तिलाई लिएर प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्