जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवारको टुङ्गो लगाउने काठमाडौं, २५ फागुन। जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्याकारिणी समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने जनाइएको छ। बैठकले आज उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाउने बताइएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुन गइरहेको छ। साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ। सत्ता समीकरणको बारेमा पनि पार्टीमा छलफल हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्