व्यवसायी दुर्गा प्रसाईँद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा– कोणासभा देखि नेपाल बन्दसम्म
काठमाडौं, २५ फागुन। व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले हरेक शनिवार मध्यम वर्गका व्यवसायी, घरधनी, सुकुम्वासी, सर्वहारा वर्ग, फुटपाथमा व्यापार गर्नेहरु जम्मा गरी माईतीघर मण्डलाबाट जुलुस सुरुगरी बानेश्वर चोकमा कोणसभा गर्ने जनाएका छन्। चैत्र १–१९ गतेसम्म देशका प्रमुख सहरमा आमसभा÷कोणसभा गर्ने र चैत २४गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्