देशको अवस्था चुनौतिपूर्ण छ, सबै एक ठाउँमा उभिनुपर्छः सुवाचन्द्र नेम्वाङ काठमाडौं, २५ फागुन। नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौति रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। बिहीवार संसद भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने जनाए। ‘जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महशुस हुने सवारी हुनेछ,’राष्ट्रपतिको सवारीमा विवाद आइरहेको बारेमा उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्