गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने कुरामा सचेत छुः रामचन्द्र पौडेल
काठमाडौं, २५ फागुन। नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताएका छन्। बिहीवार राष्ट्रपति निर्वाचनका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्ने प्रतिवद्धता जनाए। ‘गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु। सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्