राष्ट्रपति निर्वाचनमा मतदान गरि फर्कने क्रममा प्रदेश सांसद गोविन्द न्यौपाने लडेर घाइते
काठमाडौं, २५ फागुन। मधेश प्रदेश सभाका सांसद गोविन्द न्यौपाने बानेश्वरस्थित संघीय संसद भवनमा लडेर घाइते भएका छन्। उनी बिहीबार राष्ट्रपति निर्वाचनमा मतदान गरी फर्कने क्रममा संसद भवन परिसरको सिँडीमा लडेर घाइते भएका हुन्। नेकपा (एकीकृत समाजवादी)का प्रदेश सभा सांसद न्यौपानेलाई टाउकोमा चोट लागेको र अहिले उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्