आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ः नेपालले दियो पपुवा न्युगिनीलाई २९८ रनको लक्ष्य
काठमाडौं, २५ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्रिकोणात्मक सिरिजमा आज भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २९८ रनको लक्ष्य दिएको छ। निर्धारित ५० ओभरको खेलमा नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन जोडेको थियो। नेपालको लागि सबैभन्दा बढी आसिफ शेखले ११० रनको योगदान दिएका थिए। खेलमा पीएनजीका सेमो कामियाले नेपालको पाँच विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस्