एमाले र कांग्रेस एक ठाउँमा नआउने भनेर कसम खाएका छैनौंः एमाले अध्यक्ष ओली काठमाडौं, २५ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्ने सम्भावना रहेको बताएका छन्। बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव रहेको बताए। ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएका छैनौं,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्