राष्ट्रपति निर्वाचनको मतदान सकियो, चार बजेबाट मतगणना सुरु गरिने
काठमाडौं, २५ फागुन। राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदान बानेश्वरस्थित संघीय संसद भवनमा बिहान १० बजेबाट सुरु भएको हो। मतदान दिउँसो ३ बजे सकिएको हो। राष्ट्रपतिमा आठ दलको समर्थनका नेपाली कांग्रेसले रामचन्द्र पौडेल र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उठाएको थियो। मतगणना ४ बजेबाट सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्